नुवाकोट तेक्वान्दो संघमा नयाँ नेतृत्व चयन

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ भाद्र ३, विहिबार

तेक्वान्दो,नुवाकोट, शरण उत्सुक सापकोटा

२७ वर्षअघि जिल्लामा स्थापना भएको नुवाकोट तेक्वान्दो संघको चौथों जिल्ला अधिवेशनले शरण उत्सुक सापकोटाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । 
उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा शरण घले, कोषाध्यक्षमा रामचन्द्र तामाङ र सदस्यमा धुव्रकुमार रावल, शिव श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ, महेन्द्र थापामगर निर्बिरोध चयन भएका छन् । निर्वाचित कार्यसमितिका पदाधिकारीको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा वाग्मती प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष एवं पर्यटन ब्यवसायी सुमन पाण्डेले सर्वसम्वत निर्वाचित भएका पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्दै युवाको ब्यक्तित्व विकासको लागि खेल अपरिहार्य रहेको बताउनु भएको छ । स्वस्थ्य नागरिक उत्पादन गर्न खेलकुद गतिविधी बढाउन राज्यले सहयोग गर्नुपर्ने धारणा उहाँले राख्नुभएको थियो । कार्यक्रममा नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेशका अध्यक्ष केशव पुरीले राष्ट्रिय अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको नाम राख्न र सबैभन्दा बढी मेडल ल्याउन सफल तेक्वान्दो खेललाई राज्यले लगानी गर्न नसक्नु दुर्भाग्य रहेको बताउनु भएको छ । गाउँगाउँमा पालिकासँग समन्वय गरेर खेल गतिविधी अघि बढाउन उहाँले निर्वाचित कमिटिलाई सुझाव दिनुभएको छ ।
 

तेक्वान्दो,नुवाकोट, शरण उत्सुक सापकोटा

 
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिमान तामाङ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नुवाकोट तेक्वान्दो संघका संस्थापक अध्यक्ष धननारायण चित्रकार, निवर्तमान अध्यक्ष सुमन अधिकारीलगायतले तेक्वान्दो खेलले नुवाकोलाई चिनाएकोमा गर्व गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य रामकृष्ण बानियाँ, एसियाली खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजबंशी, नुवाकोट तेक्वान्दो संघका संस्थापक दलबहादुर तामाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष कपिलदेव खनाल, नुवाकोट तेक्वान्दो संघका संस्थापक रामचन्द्र पाण्डे, सगरमाथा आरोही विवेक पाण्डे, रसुवा तेक्वान्दो संघका प्रशिक्षक एवं नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेशका प्रतिनिधी रमेशकुमार श्रेष्ठको उपस्थितीमा सपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।