बागमती सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री केशवराज पाण्डेलाई

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ भाद्र ३, विहिबार

केशवराज पाण्डे, बागमती, प्रवक्ता

बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो । बैठकले कोभिडविरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिनुभएको छ । यसअघि बुधबार राति नै शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । उहाँले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्त गर्नुभएको थियो । प्रवक्ताको जिम्मेवारी पाउनुभएका पाण्डे नुवाकोटको क्षेत्र नम्बर २ को ख बाट निर्बाचित प्रदेश सांसद हुनुहुन्छ ।