नुवाकोटको बजारहरुमा अखाद्य बस्तु भेटियो

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ भाद्र ३०, बुधबार

नुवाकोट, अखाद्य बस्तु, अनुगमन

संयुक्त बजार अनुगमनको टोलीले बजार अनुगमन गर्ने क्रममा नुवाकोटको विभिन्न बजारहरुमा अखाद्य बस्तुहरु भेटिएको छ । 
बुधबार सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक वेदप्रसाद अर्यालको नेतृत्वमा नुवाकोटको बट्टार, पिपलटार देविघाटलगायतका स्थानका बजारमा गरिएको अनुगमनमा अखाद्य बस्तुहरु भेटिएको हो । 
अनुगमनका क्रममा देविघाट वजारमा भेटिएको पेय पदार्थ सहित अन्य खाद्य बस्तुहरु नष्ट गर्नको लागी जिल्ला जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 
अनुगमनका क्रममा कतिपय पसलहरुमा मुल्यसुचि, साईनबोर्ड नराखिएको, नापतौलका सामग्रीहरु दुरुस्त नभएको, व्यवसाय दर्ता नविकरण नभएको, खरिद बिक्रीको विल लिनेदिने पक्रिया नै नभएको, खाद्यबस्तुको लेवलमा खुलाउनुपर्ने कुराहरु स्पष्ट उल्लेख नगरिएको, म्याद नाघेका सामग्रीहरु वजारमा भेटिएको अनुगमन समितिका संयोजक वेदप्रसाद अर्यालले बताउनुभएको छ । 
उहाँका अनुशार बजारमा भेटिएका अखाद्य बस्तुहरु नष्ट गर्नका लागी नियन्त्रणमा लिईएको र अन्य प्रक्रियाहरु पुरा नगरेका व्यापारीहरुलाई सचेत गराइएको बताउनुभएको छ । 
अनुगमनमा घरेलु कार्यालय नुवाकोटका प्रमुख रामप्रसाद भुसाल, नापतौल तथा गुणस्तरका प्रतिनिधी नबराज श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जनार्दन घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी निलमकुमार भुसाल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्र पण्डित, उद्योग बाणिज्य संघका प्रतिनिधी ईश्वर डंगोललगायतको सहभागिता रहेको थियो । 


 

नुवाकोट, अखाद्य बस्तु, अनुगमन


अनुगमनका क्रममा व्यवसाय दर्ता, नविकरणलगायत व्यापारीहरुलाई अस्पष्ट भएका बिषयमा घरेलु कार्यालय नुवाकोटका प्रमुख रामप्रसाद भुसाल, नापतौल तथा गुणस्तरका प्रतिनिधी नबराज श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । अनुगमनका क्रममा जिल्लाका प्रतिष्ठित व्यापारीहरुले पनि खरिद बिक्रीको विल लिनेदिने पक्रिया नदेखिएकाले सचेत गराइएको अनुगमन समितिका संयोजक अर्यालले बताउनुभएको छ । 
बजारमा सामान खरिद गर्दा अनिबार्य बिल लिने तथा खाद्य बस्तुहरुको उत्पादित मिति हेरेर मात्र खरिद गर्नको लागी  प्रमुख रुपमा उपभोक्ता नै सचेत हुनुपर्ने घरेलु कार्यालय नुवाकोटका प्रमुख रामप्रसाद भुसालको भनाई रहेको छ । 

नुवाकोट, अखाद्य बस्तु, अनुगमन