प्रतिगमन बिरुद्धको आन्दोलनको यात्रा एउटै पुलबाट शुरु भएको थियो ....

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन २, शनिबार

प्रतिगमन, प्रतिगमन बिरुद्ध, केपि शर्मा ओली, नारायणप्रसाद खतिवडा, राजेन्द्र लोहनी

माथीको फोटोमा देखिए झै भेलबाढी आएको नदि माथिको लामो झोलुङ्गे पुलको यात्रा संगै गरेर अन्तिम सडक किनारामा आएर एउटै यात्रा तय गर्नुपर्ने नुवाकोटका दुई बामपन्थी नेताहरु दुई ध्रुबमा बाडिएर अलग्गै देखिएका छन् । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री रहँदा गरेको पटकपटकको संसद विघटन र केपी ओलीले गरेको प्रतिगमन बिरुद्धमा नुवाकोटे जनतालाई सडकमा उतारेर आन्दोलनमा उत्रिएका नेताहरु नारायणप्रसाद खतिवडा र राजेन्द्र लोहनीको अन्तत पार्टी नै फरक भएको छ । 
एमाले नुवाकोटका अध्यक्ष समेत रहनुभएका नारायण खतिवडा उक्त बेलाको आन्दोलन चटक्कै भुलेर पुरानै माउ पार्टी एमालेमै होमिनुभएको छ भने नेता लोहनी देश जोगाउन र जनताको मागको सम्बोधन गर्नको लागी केपी ओली बिरुद्धको आन्दोलन सार्थक रहेकाले बिचार र सिद्धान्त मिल्नेहरुको छुट्टै संगठनको रुपमा नेकपा एकिकृत समाजबादी पार्टीको जिल्ला नेतृत्व गर्नेतर्फ लाग्नुभएको छ । आन्दोलनमा जनतालाई सडकमा उतारेर अन्तिममा केपी ओलीको पटकपटकको संसद विघटनलाई सहि थाप्दै ओलीको प्रतिगमनलाई  रोजेकोमा नेता खतिवडाप्रति जनताको आक्रोस देखिएको छ भने नेता लोहनीप्रति ती जनताको साथ रहेको एकिकृत समाजबादीका नेता पदम उप्रेतीले बताउनुभयो । 
राजेन्द्र लोहनीप्रति नुवाकोटे जनताको साथ र हौसला रहेकाले उहाँकै नेतृत्वमा एकिकृत समाजबादी नुवाकोट अगाडी बढ्ने नेताहरुले बताएका छन् ।        
केहि समय अगाडी सम्म सँगै आन्दोलनमा उत्रिएका नेताहरु नुवाकोटमा छुट्टाछुट्टै भेलाको आयोजना गरी पार्टि सुदृढिकरण तर्फ लागेका छन् । नेकपा एमालेको केन्द्रमा आएको धुब्रिकरण नुवाकोटमा समेत प्रभाब रहेको छ । पार्टिको आन्तरिक राजनितिक टकराव नमिल्दा पार्टि फुटेर दुई वटा बनेसंगै नुवाकोटमा समेत त्यसको प्रभाब परेको छ । 
नेकपा एमालेका अध्यक्ष केपि शर्मा वलीको स्वच्छ्याकारी ढङ्गको बिरोध गर्दै सँगै आन्दोलनमा उत्रिएका नेकपा एमाले नुवाकोटका अध्यक्ष खतिवडा र माधब समुह अन्तर्गत रहेका पुर्व साँसद लोहनी दुई जनानै संगठन सुदृडिकरणको अभियानमा जुटेका छन् । मुल पाटि नेकपा एमालेको शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले वडा तह सम्म संगठन सुदृडिकरण गर्दै संगठन निर्माण गर्ने कार्ययोजना तयार गरेको छ । २०७५ साल जेठ २ गतेको अबस्थामा फर्किएर नेकपा एमालेले जिल्ला बैठक सम्पन्न गरेको अध्यक्ष नारायणप्रसाद खतिवडाले बताएपनि बद्री मैनाली खेमाले भने जेठ २ गते अबस्थामा नरहने बुझिएको छ ।    
यता, नेकपा एमाले फुटेर बनेको नेकपा समाजबादीको भने शनिबार पार्टि घोषणा कार्यक्रम रहेको छ । माधब नेपाल अध्यक्ष रहि गठन भएको नयाँ पार्टिको जिल्ला समिति घोषणा गर्ने कार्यक्रमको तयारीमा रहेको नेता राजेन्द्र लोहनीले जानकारी दिनुभएको छ । राजनितिक आन्दोलन भएकाले बिचार र सिद्धान्त मिल्नेहरुको छुट्टै संगठनको रुपमा समाजबादी रहेको उहाँले बताउनुभएको छ । प्रथम जिल्ला भेलाले जिल्लामा पार्टि घोषणासँगै भाबि रणनिति तय गर्ने उहाँले बताउनुभएको छ ।  
पार्टि फुटको संघारमा रहेका बेला नुवाकोट एमाले अध्यक्ष नारायण खतिवडा सहितको टिमले प्रतिगमन बिरुद्ध डटेर आन्दोलनमा उत्रिएका थिए । हाल नुवाकोटमा बाहिरी रुपमा नेकपा एमाले बलियो देखिएको छ । निर्बाचित जनप्रतिनिधिको हिसाबमा २ जना वडा अध्यक्ष र ४ जना जना सदस्य बाहेक अरु सबै जानप्रतिनिधि मुल पार्टिमै रहेको दावी गरिएको छ ।