आजबाट सोह्रश्राद्ध सूरु

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन ५, मंगलबार

सोह्रश्राद्ध, त्रिवेणी, दोभान,


बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आज मंगलबार बाट सोह्रश्राद्ध सूरु भएको छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ । नुवाकोट र रसुवाको संगम स्थल बेत्रावतीमा पनि पितृ कार्य गर्ने गरिएको छ ।

उता, पशुपति क्षेत्र विकास कोषले घाटमा कोष अन्तर्गत कर्मकाण्डको  प्रमाणपत्र प्राप्त ब्राह्मणलाई मात्र पितृ कार्य गर्न अनुमति दिइएको र  उनीहरूलाई कोरोना सङ्क्रमणबाट बचाउ हुने स्वास्थ्य मापदण्डको   पूर्ण रूपमा परिपालन गर्न गराउन निर्देशन दिएको छ । प्रत्येक औँसी पितृ पक्ष भए पनि यो असोजको सोह्रश्राद्ध महत्वको मानिन्छ ।