काँग्रेसको म्यागङ सभापतिमा सिंहराज तामाङ सर्वसम्वत हुँदै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन ७, विहिबार

म्यागङ, नेपाली काँग्रेस

नेपाली काँग्रेसको आसन्न १४ औ महाधिबेसन नसजिकिएसँगै नुवाकोटमा पालिका सभापतीमा बिभिन्न ब्यक्तिहरुले आफुनो उम्मेदवारी घोषणा गरिरहेका छन् । 
भदौ २१ गते सम्पन्न भएको वडा अधिबेसन पछी असोज ९ गते पालिकाहरुको अधिबेसन मिति तोकिएको छ ।  ९ गते हुने  अधिबेसनमा नुवाकोटका १२ वटै स्थानिय तहमा बिभिन्न ब्यक्तिहरुले आफ्नो दाबि प्रस्तुत गरिरहेका छन् ।
केहि स्थानिय तहहरुमा पुरानै ब्यक्तिले दाबि गर्न थालेका छन् । भने केहि स्थानिय तहहरुमा नयाँ ब्यक्तिहरु देखिन थालेका छन् । जसअन्तरगत म्यागङ गाउपालिकाको बर्तमान सभापति सिंहराज तामाङले  पुनः एकपटक सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । 
२०१७ सालका नेपाली काँग्रेसका कहलिएका धर्मसिंह तामाङको सहयात्री समेत रहनुभएका सिंहराज तामाङले म्यागङ्का ८० प्रतिशत युवाहरुको साथ र सहभागितामा सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको हो । 
शसस्त्र १० बर्षे जनयुद्ध, संकटकाललगायत अन्य संकटको अबस्थामा समेत पार्टीको लागी अहम भुमिका निर्बाह गरी पार्टीप्रति पु¥याएको योगदानको कदर गर्दै र युवाहरुको रोजाईमा उहाँनै अग्रस्थानमा रहेकाले पुःन एकपटक गाँउपालिका हाक्ने जिम्मेबारीसहित उम्मेदवारीको घोषणा गरेका छ्न ।
विकास निर्माणलगायत सामाजिक कार्यमा आफ्नो जिवन व्यथित गर्दै आउनुभएका तामाङ्को बिरुद्धमा अन्यले दाबी गर्न नसुहाउने हुँदा सर्वसम्मत उहाँनै म्यागङ गाँउपालिकाको सभापति हुने सम्भावना रहेको छ । 
तामाङ २ पटक ( २०५४ र २०५६ ) गाबिस सभापति समेत बनिसक्नु भएको छ । हाल नेपाल कृषि संघ नुवाकोटका अध्यक्ष समेत हुनुहुन्छ ।
पार्टीलाई सुदृढ र सफल बनाउनको लागी गुटगत राजनितिबाट टाढा रहेर राजनिति गर्दै आउनुभएका सिंहराज तामाङप्रति म्यागङका युवापुस्ता लगायत काँग्रेसका पुराना व्यक्तिहरुसमेत उहाँकै पक्षमा देखिएका छन् ।  
यसअघिका अबिधेसनमा अर्जुन नरसिंह केसी र डाक्टर रामशरण महत पक्षमा लडाई चल्दै आएको नुवाकोटमा अब उहाँहरुले बहादुर सिंह लामा र प्रकाशशरण महत पक्षसंग पेचिलो चुनाव खेल्नुपर्ने अबस्था आएको छ । वडा तहको निर्बाचनमा बहादुर सिंह लामाको बर्चस्व रहेपछि केसी र महतपक्षको आकार खुम्चिएको छ ।  
नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनको तयारी केन्द्रदेखि जिल्लासमम्म तिव्र गतिमा भइरहँदा दैनिक विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या बढी रहेको छ । 
कतिपय पालिकामा उम्मेदवारहरु बिच सर्वसम्मतको प्रयास भैरहेको छ भने कतिपय कुनै पालिकामा आकाँक्षीहरु धेरै देखाएर अन्तिममा आफनो नजिककोलाई सभापति बनाउने दाउमा नेताहरु जुटेको देखिन्छ ।