समाजसेवी रुक्मिणी सेढाईद्वारा किरियापुत्री भवनलाई सहयोग

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन ९, शनिबार

रुक्मिणी सेढाई, किरियापुत्री भवन

समाजसेवी रुक्मिणी सेढाईद्वारा स्वर्गिय ससुराको नाममा किरियापुत्री भवनलाई सहयोग गर्नुभएको छ । समाजसेवी सेढाई र उहाँको श्रीमान माधव प्रसाद पाण्डेले नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ४ को  निर्माणधिन अबस्थामा रहेको किरियापुत्री भवनलाई ५४ हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
आफ्नो स्वर्गिय ससुरा प्रेमराज पाण्डेको नाममा किरियापुत्री भवनमा १० थान मण्डी, २ वटा कसौंडी, २÷थान पन्यु,  ग्यास सिलिन्डर, झारी, घल्चा, ग्यास चुलो र ६ वटा चम्चा हस्तान्तरण गर्नुभएको हो । सामग्रीहरु हस्तान्तरण गर्दै समाजसेवी सेढाईले ५० हजार रुपैयाँ अक्षयकोषमा जम्मा गरिदिने प्रतिबद्धता समेत जनाउनुभएको छ । समाजसेवी सेढाइले बिगतका दिनहरुमा पनि नुवाकोटमा विभिन्न शैक्षिक संस्था लगायत अन्य सामाजिक कार्यहरुमा सहयोग गर्दे आउनुभएको छ । आगामी दिनहरुमा पनि आफुले गर्दै आएको सामाजिक कार्यहरुलाई निरन्तरता दिने उहाँले बताउनुभएको  छ । 
हस्तान्तरण कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ, किरियापुत्री भवन व्यवस्थापन समितीका अध्यक्ष मोहन बहादुर खड्का, उपाध्यक्ष भुवनलाल राज भन्डारी, सचिब उद्धब थापालगायतले सहयोगी सेढाई प्रति आभार व्यक्त गर्दै निर्माणाधिन अबस्थामा रहेको किरियापुत्री भवन सम्पन्न गर्नको लागी अन्य सहयोगी हातहरुको समेत खाँचो रहेको बताउनुभएको छ । 
हाल पहिलो तलामा १० वटा कोठा रहेको किरियापुत्री भवन बिदुर नगरपालिका तथा विभिन्न ब्यक्ति तथा संस्थाहरुको सहयोगबाट निर्माण जारी रहेको छ ।


 

रुक्मिणी सेढाई, किरियापुत्री भवन