एमालेको प्रदेश मन्त्रीहरुको दम्भ, पार्टीको प्रचार गर्न स्थानिय तहलाई धकेल्दै सडक सिलान्यास 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन १४, विहिबार

सडक सिलान्यास,  सडक, एमाले, प्रदेश मन्त्री

बागमती प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय अन्तर्गतको बजेटमा स्तरउन्नती हुन लागेको मोटरबाटोको कार्यक्रममा स्थानिय तहलाई वास्तै नगरी शिलान्यास भएको छ । पुर्बाधार बिकास कार्यालय मार्फत सञ्चालित नुवाकोट बागेश्वरी उर्लेनि काल्चे मालाभञ्ज्याङ सडक स्तरउन्नतीको कार्यक्रममा तयारी सहित अध्यक्षता ग्रहणको लागी पुर्बाधार बिकास कार्यालय नुवाकोटले सुर्यगढी गाँउपालिकालाई पत्राचार गरेको थियो । आफ्नो गाँउपालिका भित्रको ९ किलोमिटर सडक कालोपत्रे सहित स्तरउन्नती हुन लागेपछी सुर्यगढी गाँउपालिकाले आबाश्यक समन्वय र तयारी सम्पन्न गरी शिलान्यासको समय पर्खिएको थियो । 
तर, नेकपा एमालेका उपाध्यक्ष एवं बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई प्रमुख अतिथि बनाउदै, नेकपा एमालेको नेता र कार्यकर्ताहरुको भिड जम्मा गरी राजनैतिक आडमा स्थानिय तहलाई बाईपास गरी सडक सिलान्यासको नाममा पार्टीको प्रचार कार्यक्रम गरेको गाँउपालिकाले आरोप लगाएको छ । नेकपा एमालेका नेता एवं बाग्मती प्रदेशका मन्त्री केशब पाण्डे र बद्रि मैनालीले राजनैतिक आड देखाएर सुर्यगढी गाँउपालिकाका अध्यक्षलाई कार्यक्रमको अभ्यक्षता गर्न नदिई पार्टिको कार्यक्रम जसरी सञ्चालन गरेपछी सुर्यगढी गाँउपालिकाले विज्ञप्ति निकालेर खेद प्रकट गरेको छ । 
संबिधानप्रद्धत अधिकार प्राप्त स्थानिय तहलाई बाईपास गर्दे राजनिति र भ्रष्टाचारमा लिप्त रहेका प्रदेश सांसद एवं प्रदेश कृषि राज्यमन्त्री बद्रि मैनालीले  आफ्नो दम्भ देखाएको गाउँपालिकाको आरोप रहेको छ । स्थानिय तहलाई प्रदेश अन्तर्गत रहेको कार्यालयले गरेको परिपत्रलाईनै बेवास्ता गर्दे कार्यक्रम भएपछी सुर्यगढी गाँउपालिकाले खेद प्रकट गरेको हो ।  बिज्ञप्ति जारी गर्दै सुर्यगढी गाँउपालिकाले पुर्बाधार बिकास कार्यालयनै राजनैतिक आडमा रहेर प्रदेश मन्त्री तथा मुख्यमन्त्रीको चाकडी गर्न थालेपछी आयोजनामाथीनै प्रश्न उठ्न थालेको छ । 
 

सडक सिलान्यास,  सडक, एमाले, प्रदेश मन्त्री


कुनै पार्टिका अमुक ब्यक्तिले स्थानिय सरकारलाई अपहेलित गर्दै कार्यक्रम सञ्चालन गर्नुले आयोजनामा भ्रष्टाचार र अनियमितताको चाङ रहेको गाँउपालिकाले जनाएको छ ।  सिङगो गाँउपालिका र पालिकामा रहेका नागरिकहरुको अनादर गर्दै राजनैतिक शक्तिको प्रदर्शनमा उन्मक्त रहेका प्रदेश मन्त्रीहरुकै संलग्नतामा भ्रष्टाचार बढ्दै गएको वडा अध्यक्षहरु र गाँउपालिका अध्यक्ष सन्तबहादुर घलेद्धारा जारी गरिएको बिज्ञप्तिमा जनाईएको छ ।
पुर्बाधार बिकास कार्यालय अन्तर्गत यो आयोजना ९ किलोमिटर रहेको छ । गएको असार १५ गते ठेक्का सम्झौता भएको स्तरउन्नती आयोजना २०८० सालमा निर्माण सम्पन्न गर्नुपर्ने छ । कुल २० करोड २५ लाख २४ हजार १ सय ३६ रुपैयाँ लागत रहेको यो आयोजनामा पहिलो बर्ष ५ करोड रुपैयाँ रकम बिनियोजन भएको छ ।