काँग्रेस र कम्युनिष्टको भगबण्डाले देशको अर्थतन्त्रमा धमिरा लाग्यो : राप्रपा अध्यक्ष लोहनी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ अश्विन २३, शनिबार

काशचन्द्र लोहनी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राजसंस्था

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र बलियो हुने बताउनुभएको छ । लिखु गाँउपालिकाको छहरेबजारमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रिय कार्यालयको उद्घाटन तथा विजयादशमी र शुभदिपावलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले देश र जनतालाई बाध्ने सुत्र राजसंस्था रहेको र अहिले त्यसको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ । 
देश नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीको भागबण्डामा चलिरहेकाले भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुले कार्यकर्ता र आफु नजिककालाई मात्र काखी च्याप्दा देशको अर्थतन्त्रमा धमिरा लागिसकेको उहाँको आरोप रहेको छ । 
राप्रपा अध्यक्ष नेता लोहनीले राष्ट्र जोगाउने र देशको राष्ट्रिय अखण्डताको रक्षाको लागी राजसंस्था अभिभावकको रुपमा चाहिने संस्था भएको बताउनुभएको छ । 
प्रजातन्त्र सुदृढ हुन राजा र जनताको एकताले नै देश बलियो हुने बताउँदै अध्यक्ष लोहनीले अहिलेका राष्ट्रपति नेपालको राष्ट्रपति हुन नसकेर एउटा गुटको मात्रै राष्ट्रपति भएको आरोप लगाउनुभएको छ । कार्यक्रममा अन्य पार्टी परित्याग गरी ५० जनाभन्दा बढि युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेका छन् । 
नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष तेज लामाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका जिल्ला स्थित विभिन्न तहका नेताहरुको उपस्थिती रहेको थियो ।