लोकतन्त्रको रक्षाका लागी बाध्य भएर सत्तामा पुगियो : केन्द्रिय सदस्य केसी

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७८ अश्विन २३, शनिबार

लोकतन्त्र, नेपाली काँग्रेस, अर्जुन नरसिंह केसी

नेपाली काँग्रेस केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले नेपाली काँग्रेस लोकतन्त्रको रक्षा र प्राप्त उपलब्धि संस्थागत गर्ने नेपालको एक मात्र पार्टिको रुपमा नेपाली काँग्रेस रहेकाले जनताले प्रतिपक्षमा बस्न दिएको भुमिकामा समेत सत्तामा पुग्न आफुहरुलाई बाध्य बनाएको बताउनुभएको छ ।  
शनिबार ककनी गाँउपालिकामा आयोजित दशैको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँल नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेसँगै मुलुकमा परिबर्तन र संक्रमण नियन्त्रणमा सफलता हाँसिल गरेको बताउनुभएको छ । बिभिन्न बाधा र चुनौतिहरुलाई समाधान गर्दै काँग्रेस नेतृत्व सरकारले मन्त्रिमण्डललाई पुर्णता दिएको उहाँको भनाई रहेको छ ।
काँग्रेस केन्द्रिय सदस्य एवं प्रभाबशालि नेता केसीले नेपाली काँग्रेस महाधिबेसनमा होमिएको बताउनुभएको छ । नेपाली काँग्रेस लोकतान्त्रिक पद्धतिबाट चल्ने संस्था भएकाले संबिधान अनुसार महाधिबेसनमा केन्द्रित भएको उहाँले बताउनुभएको छ । कतिपय हिमाली जिल्लाहरुमा जिल्ला अधिबेसन समेत सम्पन्न भैसकेकाले अब तराई र पहाडी जिल्लाको क्षेत्र र जिल्ला अधिबेसनमा पाटि केन्द्रित रहेको बताउनुभएको छ । 
यस्तै, कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले तिहार लगत्तै नुवाकोटमा क्षेत्रिय र जिल्ला अधिबेसन हुने भएकाले सबै नेता कार्यकर्ताहरुलाई तयार रहनको लागी आग्रह गर्नुभएको छ ।
नेतृत्व पङितमा युवाहरु आफैले अग्रसरता लिएर अगाडी बढ्नको लागी समेत उहाँले आग्रह गर्नुभएको छ । उहाँले आउदो जिल्ला अधिबेसनमा युवा र सक्षम बिचारको राजनितिलाई आफ्नो समर्थन रहने प्रतिवद्धता जनाउनु भएको छ ।
 

लोकतन्त्र, नेपाली काँग्रेस, अर्जुन नरसिंह केसी

नेपाली काँग्रेस ककनी गाँउपालिका कार्यसमितिका अध्यक्ष भाग्यश्री लामाको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा नेपाली काँग्रेस महाधिबेसन प्रतिनिधि एवं नेपाल चिकित्शक संघका पुर्ब अध्यक्ष डाक्टर केदार नरसिंह केसी, जिल्लाका अन्य नेताहरुलगायतले सम्बोधन गर्नुभएको थियो ।