पञ्चकन्याका अध्यक्षले व्यक्तिगत लगानीमा खेलमैदान निर्माण गर्दै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ कार्तिक ९, मंगलबार

पञ्चकन्या गाँउपालिका, तेजबहादुर तामाङ, खेलकुद मैदान

नुवाकोटको एक स्थानिय तहका अध्यक्षले आफ्नै व्यक्तिगत खर्चमा खेलमैदान निर्माण गरिरहनुभएको छ । युवा शक्तिको रोजाई र खेल क्षेत्रको विकासको लागी नुवाकोटको पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आफ्नो ब्यक्तिगत खर्चमा खेलकुद मैदान निर्माण गरिरहनु भएको हो । 
गाँउपालिकाको घ्याङ्स्वारामा उहाँले ब्यक्तिगत रुपमा खेलमैदान निर्माण गरिरहेको बताउनु भएको छ ।  आफुसँग रहेको उपकरणहरुको परिचालन गर्दै सम्बृद्ध स्थानिय तह निर्माणको अभियानमा ब्यक्तिगत सहयोगको सुरुवात गरेको उहाँले बताउनुभएको छ । आफु गाँउपालिका अध्यक्षमा निर्बाचित भएपछी गाँउको सबै क्षेत्रको बिकास गर्नु आफ्नो जिम्मेवारी र दायित्व रहेको बताउदै उहाँले खेलमैदानको सिमित पुर्बाधार क्षेत्र आफ्नो ब्यक्तिगत लगानीमा निर्माण सुरु गरेको बताउनुभएको छ । 
यस्तै, उहाँले गाँउपालिकाको विकासको लागी लिईएको रणनिति अनुशार बिनियोजित बजेट र कार्यक्रमका कारण गाँउपालिकाबाट भएको लगानी अहिले सम्म खेर नगएको बताउनु भयो । 
आफु निर्बाचित भएको पहिलो बर्ष देखि चौथो बर्षसम्म गरेको लगानीको प्रतिफल स्थानिय नागरिकहरुले महसुस गर्न थालेको बताउनुभएको छ । ग्रमिण भुभाग रहेको पञ्चकन्या गाँउपालिकाको समग्र बिकासको लागी हालसम्म भएको लगानीले नागरिकहरुलाई सहजता तर्फ डो¥याएको बताउदै मुल्याङकन गर्ने काम अब नागरिकहरुको रहेको उहाँले बताउनु भएको छ । 
उहाँले गाँउपालिकाले मानब संसाधन बिकास र भौतिक पुर्बाधारको बिकासको कार्यान्वयन सँगसँगै लगेको बताउनुभएको छ ।  नुवाकोटको १२ वटा स्थानिय तह मध्ये नागरिक मैत्रि स्थानिय शासनको अबधारणमा रणनैतिक योजना निर्माण गरी पञ्चकन्या गाँउपालिकाले स्थानिय तहको बिकासको यात्रा सुरु गरेको थियो । गत स्थानिय तहको निर्बाचनमा तामाङ माओवादी केन्द्र पार्टीबाट अध्यक्षमा निर्बाचित हुनुभएको थियो ।