किस्पाङ बस दुर्घटनाका घाईतेहरुको उपचारमा समस्या 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ कार्तिक १०, बुधबार

बस दुर्घटना,अस्पताल,किस्पाङ गाँउपालिका

किस्पाङ गाँउपालिकामा भएको बस दुर्घटनाको घाईतेहरुको थप उपचारमा समस्या हुन थालेको छ । गत सोमबार किस्पाङको मानेगाँउबाट काठमाडौ जादै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको थियो भने ५४ जना घाईते भएका थिए । 
दुर्घटना भएको २ दिन पछी सम्पर्कमा आएका सबारी ब्यबसायि अहिले फेरी सम्पर्क बिहिन भएका छन् । सिमित रकम अस्पतालमा उपलब्ध गराएर उनीहरु सम्पर्क बिहिन भएको किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्र लामाले बताउनुभएको छ ।  अस्पतालमा भुक्तानी गर्नुपर्ने रकम समयमै भुक्तानी नँहुदा बिरामीको उपचारनै प्रभाबित हुने अबस्थामा पुगेको उहाँले बताउनुभएको छ । दुर्घटना भएको २ दिनपछी सबारी धनि तथा ब्यबसायि संघ प्रशासन र स्थानियको समन्वयमा सम्पर्कमा आएपनी आफ्नो जिम्मेवारीबाट भागेको गाँउपालिका अध्यक्ष छत्र लामाको आरापे रहेको छ ।  
काठमाण्डौका केहि अस्पतालहरुमा गाँउपालिका अध्यक्ष लामाले आफै जमानीमा घाईतेहरुको उपचार गराउदै आएको बताउनुभएको छ ।  
बस ब्यबसायिहरुले केहि रकम जम्मा गरिदिए पनी पछिल्लो समय सम्पर्क बाहिर रहेका छन् । गत सोमवार मानेगाउँबाट काठमाण्डौतर्फ जान लागेको बा ४ ख ५७६२ नम्बरको वस दुर्घटना हुँदा ५४ जना घाइते हुनुको साथै एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो । क्षमता भन्दा धेरै यात्रु राखेर आएको बस दुर्घटना पछी घाईतेहरुको उपचार र अबस्था बुझ्न सम्म पनी सबारी धनिहरु पुगेका छैनन् । 
किस्पाङ गाँउपालिका, स्थानिय प्रशासन र अस्पतालले सम्पर्क गर्न खोज्दा सबारी धनी तथा ब्यबसायि संघ सम्पर्क भन्दा बाहिर रहदै आएका छन् । अहिले पनी दुर्घटनामा परेका ७ जनाको बिभिन्न अस्पतालमा उपचार हुँदै आएको छ । दुर्घटना लगत्तै उद्धारको चरणबाटनै गाँउपालिकाले रकम खर्च गर्दे आएको छ । एम्बुलेन्स, हेलिकोप्टर लगायतको सबारी भाडा गाँउपालिका जमानीमा ल्याईएको थियो ।