भूकम्प पछि सुकेको रसुवाको तातोपानि कुण्ड फेरी भरीयो 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ कार्तिक १०, बुधबार

भुकम्प,तातोपानी कुण्ड, पर्यटकीय, रसुवा

फाईल तस्विर
२०७२ सालमा गएको बिनासकारी भुकम्पपछि सुकेको रसुवाको तातोपानी कुण्ड पुनः भरिएको छ । आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीस्थित कुण्ड २०७२ सालको भुकम्पपछि सुकेको थियो । गत भदौ मध्यतिर पलाएको तातोपानी गतबर्ष माघमा सुकेको  र ८ महिनापछि अहिले पुनः तातोपानी पलाएको स्थानीय नोर्चेल तामाङले जानकारी दिनु भएको छ । हाल ६ वटै धारामा पानी आइरेकोले पछिल्लो समय पानीको मात्रा बढिरहेको पनि तामाङले  जानकारी दिनु भएको छ । 
तातोपानी पुनः देखिन थालेपछि स्थानीय खुसी भएका छन् भने गुमेको व्यवसाय पुनः फर्किनेमा व्यावसायीहरु  आशावादी भएका छन् । बिनासकारी भुकम्पपछि तामाङ सम्पदा मार्ग र तातोपानी कुण्डको पानीको मुहान हराएपछि धार्मिक तथा साँस्कृतिक परम्परादेखि व्यवसायिक कारोबार समेत प्रभावित भएको थियो । भुकम्प अघिसम्म यो कुण्डमा ४० डिग्री सेन्टिग्रेट तापक्रम र प्रतिसेकेन्ड सय लिटर हाराहारीमा पानी निस्कने गरेको अनुमान छ । 
तातोपानीको मुहान सुकेपछि व्यापारिक प्रयोजनाका लागि लाखौँ रुपैयाँ खर्चेर बनाएका होटल सुनसान भएका थिए । पर्यटक नआउँदा केहीले होटल व्यवसाय छोडी पलायन भएका छन् । धार्मीक विश्वास अनुसार तातोपानी पोखरीमा नुहाएमा छालासम्बन्धी रोग, शरीरको खटिरा, दम, गानो गोला बाथ, चर्म रोर्ग लगायतको रोगबाट ग्रसित बिरामी ठिक हुने विश्वास समेत रहेको  छ । 
दुई हजार ६ सय ४५ मिटरको उचाइमा अवस्थित तातोपानी कुण्डमा नुहाउन स्वदेशी मात्र नभएर बिदेशी पर्यटन समेत आउने गर्दछन् ।  भुकम्पको कम्पनले पु¥याएको क्षति पुनः पहिलेको अवस्थामा फर्किएको हुँदा पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने जानकारहरुले बताएका छन् ।