काग तिहार : काग कस्तो पंक्षि हो ?

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ कार्तिक १७, बुधबार

काग, महादेश, काग तिहार

-कपिलदेव खनालको फेसबुकबाट

१. काग निकै चलाख पंक्षी मानिन्छ । यसको मस्तिष्कको संरचना पनि करिब मान्छेको जसरी बनेको हुन्छ भनिएको छ । अरु पंक्षीको तुलनामा कागको स्मरणशक्ति राम्रो मानिन्छ । कागले मान्छेले झै नक्कल गर्न सक्छ ।

२. काग सर्वहारी पंक्षी हो । यसले जे पनि खान्छ । मासु, सिनो, अन्न सबैकुरा खान्छ । त्यसैले पनि यो दुर्लभ वा लोपोन्मुख छैन । कागको फ्लोरेज प्रजातिबाहेक सबै कागहरु संकटविहीन अवस्थामा छन् ।

३. विश्वको सबैजसो स्थानमा काग पाइन्छ । अन्टार्टिका बाहेक सबैजसो महादेशमा कागको अस्तित्व छ ।

४. रमाइलो त के भने कागको जेठो सन्तानले आफ्ना आमाबुवाका अन्य सन्तानलाई हुर्काउनका लागि सहयोग गर्छ ।

५. कागले जीवनकालभर एउटैसँग मात्र सम्बन्ध गाँस्छ । अर्थात एउटासँग मात्र जोडी बाँध्छ । एउटैसँग यौन सम्पर्क गर्छ । कागले २ देखि ४ बर्षको उमेरमा यौन सम्पर्क राख्ने गर्छ ।

६. कागले अन्डा कोरलेपछि भाले र पोथी आलोपालो गरेर ओथरा बस्छ ।

७. कागले आफ्नो साधरण आवाज बाहेक पनि अलग भाषामा कुरा गर्छ । अक्सर कुनैपनि खतराको संकेत गर्दा उनीहरु यस्तो भाषा प्रयोग गर्छन् ।

८. जब एउटा काग मर्छ, तब अन्य कागले त्यहाँ कुनै खतरा छ वा छैन भन्नका लागि परीक्षण गर्छ ।

९. कागले मान्छेको अनुहार पहिचान गर्छ ।

१०. मेक्सिकोको बैना जे यस संसारमा पाइने सबैभन्दा सानो प्रजातिको काग हो, जसको तौल केवल ४० ग्राम हुन्छ ।

११. कागलाई चालु प्रवृत्तिका मानिन्छ । कागमा बदलाको भावना लामो समयसम्म रहिरहन्छ ।

१२. काग संसारमा धेरै पहिलेदेखि अस्तित्वमा रहेको पाइन्छ ।

१३. कागले २५० थरीसम्म आवाज निकाल्न सक्छ ।

१४. जापान, चीन र कोरियामा तीन खुट्टे कागबारेका अनेकन किम्बदन्ती रहिआएको छ ।

१५. कागले बेलाबखत बिरामी वा घाइते कागलाई ठुँगेर मार्ने गर्छ । कागको यस्तो समूहलाई ज्यानमारा समेत भन्ने गरिन्छ ।

१६. यिनीहरूले प्रयोग गर्ने भाषा क्षेत्र अनुसार फरक–फरक भेटिएको छ ।

१७. नेपालका हिमाली भेगमा पाइने भोटे काग १०–१५ वर्षसम्म बाँच्छन् भने अस्ट्रेलियामा पाइने ठूलो प्रजातिको काग २२ वर्षसम्म बाँचेको अभिलेख गरिएको छ ।

१८. काग मर्दा अन्य कागहरू जम्मा हुन्छन् । ठूलो ठूलो स्वरमा कराउँछन् । मरेको कागलाई छुँदैनन् ।

१९. ‘निहुँ केलेड़ोनिएन काग’ पुरानो प्रविधिहरू परिमार्जन गर्न, नयाँ बनाउन तथा आगामी पुस्ताहरूलाई सो प्रविधि हस्तान्तरण गर्न मानिस पछि सबैभन्दा बुद्धिमान ठानिन्छन् ।

२०. तालिम प्राप्त ‘जिम्मी’ नामको कागले सन् १९३४ देखि १९५४ सम्मको अवधिमा एक हजार वटा चलचित्रमा काम गरेको थियो । यो कागले टाइप गर्ने, चिठी खोल्ने र साना खेलौना जस्ता मोटरसाइकल चढ्ने गर्दथ्यो ।

२१. सपनामा खैरो रङ्गको काग देखे ‘संर्घर्ष गरेर पनि असफल हुने’ र सेतो देखे ‘शुभ हुने’ विश्वास गरिन्छ ।