यमपंञ्चकको दोस्रो दिन लक्ष्मीको पूजा आराधना गरि मनाइदै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ कार्तिक १८, विहिबार

लक्ष्मी पूजा,दीपावली, देवी महालक्ष्मी, जनविश्वास

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चकको दोेस्रो दिन आज  घर घरमा लक्ष्मी पूजा गरि मनाउन लागिएको छ । आज साँझ धनधान्यकी देवी लक्ष्मीमाताको पूजा गरी सुख र सम्बृद्धिको कामना गरी घर–घरमा लक्ष्मी भित्र्याइदै छ । “बत्ति नबालिएको घरमा लक्ष्मीले बास गदिर्नन्’” भन्ने मान्यताको आधारमा आजबेलुका घरघरमा झिलिमिली बत्ति बालेर  नैवेद,बिभिन्न किसीमका फलफूल ,अन्न,चढाई घरमा भएका गहरगहना राखी लक्ष्मीको मूर्ती अथवा फोटोमा आराधना गरी भक्तिपूर्वक लक्ष्मीको पूजा गर्ने गरीन्छ । लक्ष्मिपूजाको अवसरमा मुलुकभर गृहणी तथा घरमूली दिनभर व्रत बसी बेलुकी दीपावलीको साथ धनधान्यकी देवी महालक्ष्मीको भक्तिपूर्वक पूजाआराधना गरेर घर–कार्यालय तथा उद्योगधन्दाहरुमा लक्ष्मी भित्र्याउने परम्परा रहेको छ । आज बिहानै देखि आफ्नो घर तथा कार्यालयको सरसफाई गरी फुल तथा अन्य पुजासामग्रीहरुले  सिगारेर लक्ष्मी भित्र्याउने तयारी गरीने परम्परा रहेको छ  । 
घरको झ्याल ढोकाको साथै गाग्री र कलशमा फूलका माला लगाई आँगन, पिँढी, दलान, कोठाचोटा र छिंडीमा गाईको गोबरले लिपेर सफा र चिल्लो पारेर लक्ष्मी भित्र्याउने परम्परा तथा जनविश्वास रहेको छ । 
चामलको पिठो, अवीर लगायतका रङ्गको प्रयोगबाट लक्ष्मीको पाइलाको प्रतिक चिन्ह बनाएर आँगनदेखि भण्डार तथा ढुकुटीसम्म पु¥याइने गरिएको छ । लक्ष्मी भित्र्याउन बनाइएको पाइलामा आजै मध्यरातमा त्यही पाइला टेक्दै लक्ष्मी घरभित्र प्रवेश गरेर बिराजमान हुन्छिन भन्ने धार्मिक विश्वासको आधारमा देवी महालक्ष्मीको पूजा गर्ने, घर तथा भण्डारको ढोका खुला राख्ने परम्परा समेत रहेको छ ।