गाई तिहार : बैज्ञानिक, धार्मिक र व्यवहारिक महत्व

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ कार्तिक १९, शुक्रबार

गाई तिहार, मांशाहारी, भोजन, लक्ष्मीमाता

-कपिलदेव खनालको फेसबुकबाट

बैज्ञानिक कुरा :

१. वैज्ञानिक अनुसन्धानबाट गाईमा एक प्रकारको सकारात्मक उर्जा रहेको हुन्छ जुन अन्य कुनै प्राणीमा पहिदैन ।

२. गाईको ढाडको हड्डी छेउमा रहेको सूर्यकेतु स्नायु हानिकारक विकिरणहरुलाई रोकेर वातावरणलाई स्वच्छ बनाउन मद्दत गर्दछ । पर्यावरणीय हिसाबले यो एकदमै लाभान्वित पशु रहेको पुष्टि हुन्छ ।

३. गाईको ढाडको हड्डीनिर भएको सूर्यकेतु नाड़ी सर्वरोगनाशक, सर्वविषनाशक हुन्छ । सूर्यकेतु नाड़ी सूर्यको सम्पर्कमा आउदा त्यसबाट स्वर्णको उत्पादन हुन्छ । गाईको शरीरमा उत्पन्न हुने यो सुन गाईको दुध, गोबर र मुत्रमा घुलेर रहेको हुन्छ । त्यसैले गाईको सबैकुरा दुध, मुत्र र गोबरलाई महत्व दिएको हो । गाईको दुधमा मिसिएको सुन दुधको माध्यमले हाम्रो शरीरमा, गोबरबाट जमिनमा र मुत्रबाट बिभिन्न रोगको उपचार गर्न प्रयोग गरिन्छ । किन कि कयौ रोगको उपचारमा स्वर्ण भस्म दिने गरिन्छ ।

४. वैज्ञानिक कारण यस्तो पनि छ, गाई मात्र एउटा यस्तो प्राणी हो जसले वातावरणबाट अक्सिजन लिएर पुन अक्सिजननै छोड्ने गर्दछ । जबकी मनुष्यले अक्सिजनलिएर कार्बन डाई अक्साइड बाहिर फ्याक्दछ । रुख बिरुवाहरु कार्बन डाई अक्साइड लिएर अक्सिजन छोड्ने गर्दछन् ।

५. घरेलु गाईको एक ग्राम गोबरमा कम्तिमा पनि ३०० करोड जीवाणु रहेको हुन्छ जुन बोट बिरुवा र जमिनलाई अत्यावश्यक हुन्छ । साथै यस जीवाणुले खराब जीवाणुलाई मार्ने काम पनि गर्दछ ।

६. रुसमा गरिएको एक अनुसन्धानमा १० ग्राम घ्युद्धारा हवन गर्दा करिब १ टन अक्सिजन सृजना भएको थियो ।

७. वैज्ञानिकहरुका अनुसार गाईको गोबरमा भिटामिन बि १२ धेरै मात्रामा पाहिन्छ । साथै यसले रेडियोधर्मिता लाई पनि सोस्न सक्दछ ।

व्यवहारिक कुरा :

१. गाई एक मात्र यस्तो पशु हो जसको सबै थोक मनुष्य, धर्ति र अन्य प्राणीको सेवामा समर्पित रहेको हुन्छ ।

२. गाईले आफ्नो जीवनकालमा करिब चार लाख १० हजार ४४० मनुष्यहरुलाई एक छाकको भोजन र करिब ८० मांशाहारीलाई भोजनको व्यवस्था मिलाउने गर्दछ ।

३. गाईको दुध, मुत्र, र गोबरका साथै दुधको प्रकार जस्तै दहि, घ्यू, नौनी, पनिर आदि सबै मनुष्यको भोजनको एउटा महत्वपुर्ण आधार हो ।

४. गाईको गोबरबाट इन्धन (गुइठा), मल बनाएर प्रयोग गर्नुको साथै गोबरबाट किटाणु मार्न र लामखुट्टे र झिंगा आदि भगाउन प्रयोग गरिन्छ ।

५. प्राचिनकालदेखि आजसम्मको कृषि अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार भनेको गाई पालन भएको हुँदा देश र मनुष्यको दिगो दरिलो र आत्मनिर्भरको पाटो र आम्दानीको आधारस्तम्भ गाई नै हो ।

धार्मिक कुरा :

१. कुनै पनि धार्मिक कर्म र अनुष्ठान गर्दा सबै भन्दा पहिले गौ दान गर्नु पर्दछ । गौ दान गर्नाले अकर्म र पाप नष्टहुने, पुण्य प्राप्त हुने, र शुद्ध भईने धार्मिक मान्यता छ ।

२. भगवान शिवको प्रिय पत्र ‘बेलपत्र’ को उत्पति गाईको गोबरबाट भएको हो ।

३. सबै भन्दा पबित्र प्रसाद पन्चाममृतमा गाईको दुध, घ्यू, र दहि प्रयोग गरिन्छ ।

४. धार्मिक हवन र यज्ञमा केवल गाईको घ्यू अनिवार्य चाहिन्छ ।

५. स्वर्गबाट कामधेनु गाई ल्याहिएको हो । त्यसैले यसलाई पबित्र मानिन्छ ।

६. मृत्युपछि गरुढ़ पुराण अनुसार बैतरणी तर्न गाई दाननै गरेको हुनुपर्दछ ।

७. स्वयम् भगवान श्रीकृष्णले गाई चरण गराउने गरेका र उनले गौशाला र गाईको पुजा गर्न लगाएको कारण पनि गाईको महत्व धेरै भएको बुझिन्छ ।

८. गाईलाई लक्ष्मीमाताको प्रतिबिम्बका रुपमा पनि पुज्ने गरिन्छ ।

९. गुरु बशिष्ठले गाईको प्रजाती बिस्तार गरेका हुन् । उनले कामधेनु, कपिला, देवनी, नंदनी, भौमा आदि गाईको नामाकरण गरेको पाहिन्छ ।

१०. गाई पालन, गाईको सेवा र गाईलाई खाना खुवाउनाले पुण्य प्राप्त हुने साथै आफ्नो मनोकामना पूर्ति हुने मान्यता छ ।

११. गाईको हत्या गर्नु भनेको हिन्दु धर्ममा सबै भन्दा बढी पाप गर्नु हो भन्ने रहेको छ ।

१२. ऋग्वेदले गाईलाई अघन्या, यजुर्वेदले अनुपमेय र अथर्ववेदले सम्पतिको घर भनेको छ ।

१३. पौराणिक मान्यताहरु र श्रुतिहरुमा गाईलाई बिष्णुको रुप, गाई सर्व वेदमयी र वेद गौमय भनिएको छ ।

१४. स्कंद पुराणका अनुसार ‘गौ सर्वदेवमयी र वेद सर्वगौमय छ ।’

१५. भगवान कृष्णले श्रीमद् भगवत गीतामा भनेका छन्– ‘धेनुनामस्मि कामधेनु’ अर्थात म नै गाई मध्यको कामधेनु हू ।

१६. श्रीरामले समेत बन प्रस्थान गर्नु पूर्व त्रिजट नामक ब्राह्मणलाई गाई दान गरेका थिए ।

गाईसंग सम्बन्धित व्रत तथा उपवास :

१. गोपद्वमव्रत : सुख, सौभाग्य, सम्पत्ति, पुत्र, पुत्री , आदिको सुख प्राप्तिको लागि गरिने ।

२. गोवत्सद्वादशी व्रत : यस व्रतबाट समस्त मनोकामना पूर्ण हुने ।

३. गोवर्धन पूजा : यस लोकको समस्त सुखहरुको वृद्धिका साथै मोक्ष प्राप्तिका लागि गरिने ।

४. गोत्रि–रात्र व्रत : पुत्र प्राप्ति, सुख भोग, र गौलोक प्राप्तिका लागि गरिने ।

५. गोपाअष्टमी : सुख सौभाग्य वृद्धिका लागि गरिने ।

६ . पयोव्रत : पुत्र प्राप्तिको इच्छा राख्ने दम्पतिहरुले सन्तान प्राप्तिका लागि गरिने व्रत ।