ककनी गाँउपालिकाले शिक्षकहरुको बिमा गरिदिने 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७८ कार्तिक २८, आईतबार

ककनी गाँउपालिका, मानबहादुर लामा, शिक्षक

नुवाकोटको ककनी गाँउपालिका भित्रका सबै शिक्षकहरुको बिमा हुने भएको छ । गाँउपालिकाले सबै शिक्षकहरुको १ लाख रुपैयाँको बिमा गर्ने निर्णय गरेको छ । 
गाँउपालिका भित्र रहेका सबै बिद्यालयका शिक्षकहरुलाई प्रोत्साहनको लागी बिमा गर्ने निति लिएको गाँउपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ ।  बार्षिक १ लाख रुपैयाँ बराबरको बिमा गाँउपालिकाले सबै शिक्षहरुको गरिदिने भएको हो । जोखिम मोलेर शैक्षिक क्षेत्रमा खटिएका शिक्षकहरुलाई स्थानिय तहले स्थानिय सरकारको आभास दिलाउन बिमा कार्यक्रम लागु गरेको अध्यक्ष लामाले बताउनुभएको छ ।  
एकिकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको पहलमा कनी गाँउपालिकाले शिक्षक बिमा कार्यक्रम सुरु गरेको हो । ककनी सँगै अरु स्थानिय तहा समेत शिक्षकहरुको बिमाको लागी प्रयास गरिरहेकोे एकिकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटका अध्यक्ष बिनोद लामाले बताउनुभएको छ ।