काँग्रेसको १४ औँ महाधिबेसनले नुवाकोट तात्दै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ कार्तिक २८, आईतबार

काँग्रेस, १४ औँ महाधिबेसन, नेपाली काँग्रेस, केदार नरसिंह केसी, रमेशकुमार महत

नेपाली काँग्रेसको १४ औँ महाधिबेसन अन्तर्गत आगामी मंसिर ३ गते प्रदेश निर्बाचन र ६ गते क्षेत्रको अधिबेसन  हुँदैछ । 
नुवाकोटमा रहेको दुई निर्बाचन क्षेत्र र ४ प्रदेश सभा निर्बाचन क्षेत्रमा एक साथ हुन लागेको काँग्रेसको अधिबेसनले जिल्ला तातेको छ । बिगतमा जस्तै, नुवाकोटमा केसी र महत बिचको गुटगत राजनितिले प्रश्रय पाउदै आएको छ । 
नुवाकोटमा रहेको दुई निर्बाचन क्षेत्र मध्ये क्षेत्र नम्बर एकमा केसी प्यानलमा क्षेत्रीय सभापतिमा पुर्ब जिल्ला उपसभापति पुर्ब गाबिस अध्यक्ष विषम रिमालको उम्मेदवारी रहेको छ । 
यसैगरी प्रदेश क मा सभापति सरोज केसि र ख मा ककनीका जुझारु नेता ऋषि कुमार तामाङ रहेनु भएको छ । सरोज केसि राउतबेसीका युबा नेता हुन भने अर्जुन नर्सिङ केसिका सहयोगीको रुपमा रहदै आउनु भएको छ । क्षेत्र नं १ को क्षेत्रिय सचिवमा जगदीश कुइकेल र बिकेश पन्डितको उमेदवारि रहेको छ ।
निर्बाचन क्षेत्र नम्बर २ मा केसी पक्षले मछिन्द्रनरसिङ प्याकुरेललाई उम्मेदवार बनाएको छ  भने महत र लामा पक्षबाट जगतबहादुर तामाङ उम्मेदवार रहेका छन् । उता, काँग्रेसको जिल्ला अधिबेसनमा त्रिपक्षिय दाबि रहदै आएको छ । केसी पक्षबाट डाक्टर केदार नरसिङ केसी, महत पक्षबाट रमेशकुमार महत र लामा पक्षबाट चोकराज शाक्यको दाबी देखिएको छ । तिन जनाको दाबी रहेतापनी अन्तिममा जिल्ला नेतृत्वको लागी रमेशकुमार महत र केदार नरसिंह केसी बिच निर्बाचन हुने अड्कल काटिदै आएको छ ।