उपसभामुख राधिका तामाङको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ मंसिर २८, मंगलबार

उपसभामुख, राधिका तामाङ, हेलिकप्टर, सुत्केरी महिला, प्चेस्वर गाँउपालिका

नुवाकोटको दुप्चेस्वर गाँउपालिकाबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ । गाँउपालिकाको वडा नम्बर ४ बेतिनिको पाखागाँउकी २३ बर्षिय माया तामाङलाई बागमती प्रदेशका उपसभामुख राधिका तामाङको पहलमा पठाईएको हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौ थापाथली स्थित प्रसुती गृह पठाईएको छ । सुत्केरी पश्चात सालनाल नझरेर  अध्याधिक रक्तश्राव भएपछि हेलिकप्टर मार्फत काठमाडौ लगिएको हो । यसअघिपनि उपसामुख तामाङकै पहलमा दुप्चेस्वर गाँउपालिकाबाट ३ जना महिलाको हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुप्चेस्वर गाँउपालिकाबाट सेवा पाउनेमा माया तामाङ चौथो महिला रहेको गाँउपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभएको छ । नुवाकोटको पुर्वी भेगमा रहेको दुप्चेस्वर गाँउपालिकाका अधिकांस बस्तीहरु विकट क्षेत्रमा रहेका छन् ।