मन्त्रीले अध्ययन गरेको बिद्यालयबाट बालबालिकालाई कोरोना बिरुद्धको “मोर्डना”खोप सुरु

पार्वती बिश्वकर्मा
पार्वती बिश्वकर्मा

२०७८ पौष ४, आईतबार

मोर्डना खोप, स्वास्थ्यमन्त्री, बिरोध खतिवडा, कोरोना बिरुद्धको खोप

नेपाल सरकारका स्वास्थ्यमन्त्री बिरोध खतिवडाले अध्ययन गरेको बिद्यालयबाटबाट बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप अभियान सुरु गरिएको छ । मन्त्री खतिवडाले अध्ययन गरेको हेटौडाको भुटनदेवी माध्यामिक बिद्यालयबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप अभियान सुरु भएको हो । 
स्वास्थ्य कार्यालय मकवानपुरले आईतबार भुटनदेवी माविबाट १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो । 
स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गर्नुभएको छ ।  आईतबारबाट  सुरु भएको खोप अभियान अन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहका विभिन्न विद्यालयमा ५३ हजार विद्यार्थीहरुलाई मोर्डना खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

मोर्डना खोप, स्वास्थ्यमन्त्री, बिरोध खतिवडा, कोरोना बिरुद्धको खोप

देशभरका ५७ वटा जिल्लामा आज आईतबारबाट खोप अभियान सुरु भएको मन्त्री खतिवडाले जानकारी दिनुभएको छ । देशभरको केन्द्रविन्दु बनाएर हेटौंडाको भुटनदेवी स्कुलबाट खोप अभियान सुरु गरिएको र केही दिनभित्रै देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको मन्त्री खतिवडाले बताउनुभएको छ । 
कार्यक्रममा  बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशका २ लाख बढी बालबालिकालाई कोरोना विरूद्धको मोर्डना खोप लगाउन सुरु गरिएको बताउनुभएको छ । उहाँका अनुसार आईतबारबाट बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान शुरू भएको र अन्य जिल्लामा पनि छिटै नै खोप अभियान सुरु गरिनेछ । सबै जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले विद्यार्थीहरुलाई खोप लगाउने उहाँले बताउनुभएको छ ।