विदुर नगरपालिकाद्धारा महिलाहरुको पाठेघर स्क्रिनिङ शिविर सुरु, १३ वडामै सञ्चालन

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष ६, मंगलबार

विदुर नगरपालिका, पाठेघर स्क्रिनिङ शिविर, सञ्जु पण्डित

नुवाकोटको विदुर नगरपालिकाले महिलाहरुको पाठेघर सम्बन्धी स्क्रिनिङ शिविर सुरु गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रम गरी वडा नम्बर १ को शहरी स्वास्थ्य केन्द्रबाट उक्त सेवा सुरु गरेको छ । क्रमश : नगरपालिको १३ वटै वडामा पाठेघर स्क्रिनिङ शिविर सञ्चालन हुने विदुर नगरपािलकाको जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले जानकारी दिनुभएको छ ।  
पाठेघर स्क्रिनिङ शिविरमा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले अघिल्लो बर्ष नगरभित्रको ५ स्थानमा गरिएको शिविरबाट महिलाहरुमा समस्या धेरै देखिएपछि यसबर्ष नगरपालिकाको १३ वटै वडाको १८ वटा शहरी स्वास्थ्य केन्द्रबाट शिविर सुरु गरिएको बताउनुभएको छ । 
कार्यक्रममा नगरप्रमुख पण्डितले सम्पुर्ण महिला दिदिबहिनीहरुलाई आफ्नो घर आगनमा आएको अबसरबाट सेवा लिई स्वस्थ र सरल जिवनयापनको लागी आग्रह समेत गर्नुभएको छ । शिविरबाट जटिल समस्या देखिएका बिरामीहरुलाई जिल्ला अस्पताल त्रिशुली वा थप अन्य जटिल स्वास्थ्य अवस्था देखिएमा त्रिशुली अस्पतालको सिफारिसमा अन्य अस्पतालमा थप उपचारको लागी समेत विदुर नगरपालिका सहयोग गर्न तत्पर रहेको नगरप्रमुख पण्डितले बताउनुभएको छ । 
कार्यक्रममा नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले महिलाहरुले आफ्नो रोग नलुकाई आफ्नो वडाको पायक पर्ने स्थानबाट सेवा लिनको लागी आग्रह गर्नुभएको छ । उपप्रमुख दाहालले नगरभित्रका महिलाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले पाठेघर स्क्रिनिङ शिविर सञ्चालन गरेकाले भरपुर सेवा लिनको लागी महिलाहरुलाई आग्रह गर्नुभएको छ । 

वडागत रुपमा शिविर सञ्चालन हुने तालिका :  

 

विदुर नगरपालिका, पाठेघर स्क्रिनिङ शिविर, सञ्जु पण्डित

कार्यक्रममा त्रिशुली अस्पतालका स्त्रीरोग बिशेषज्ञ डाक्टर आश्मा खनाल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, वडा नम्बर १ का सदस्य रुपा थापालगायतले विदुर नरपालिकाले महिलाहरुको स्वास्थ्यप्रति उत्तरदायि भई प्रत्येक वडामा सञ्चालन गर्न लागेको शिविर सराहनिय रहेकाले सम्पुर्ण महिलाहरुलाई सेवा लिई स्वास्थ्य लाभ गर्न आग्रह गर्नुभएको छ । विदुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पुस ६ गते मंगलबार देखी शनिबार बाहेक पुस २६ गतेसम्म नगरभित्रका १३ वटै वडाबाट वडागत रुपमा शिविर सञ्चालन हुने बताईएको छ ।