राजनितिलाई कमिसनसंग जोड्ने नेताहरुलाई खबदारी गरौ : उपसभामुख तामाङ

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७८ पौष १०, शनिबार

उपसभामुख, राधिका तामाङ, पुल, शिवपुरी गाँउपालिका

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले राजनितिलाई कमिसनसंग जोड्ने नेताहरुलाई खबदारी गर्न नागरिकहरुई सुझाव दिनुभएको छ । 
शुक्रबार नुवाकोटको नुवाकोटको शिवपुरी गाँउपालिकामा आयोजित पक्की पुल सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख तामाङले सेवामुखी राजनितीलाई स्थानिय तहका जनप्रतिनिधीहरुले डोजरमुखी राजनिती गर्दै आईरहेकाले सर्बसाधारण नागरिकहरुको काममा ध्यान नदिने नेताहरुलाई खबरादारी गर्न नागरिकहरुलाई सुझाव दिनुभएको छ । 
प्रत्येक नागरिकहरुलाई संबिधानले बराबर हक प्रदान गरेकाले आफुले पाएको अधिकार सदुपयोग गरी स्थानिय तहमा भएका हरेका नकारात्मक कार्यहरुहरुको डटेर सामना गर्दै जनप्रतिनिधीहरु कहाँ के गर्दैछन खबरदारी गर्नको लागी नागरिकहरुलाई सुझाव दिनुभएको छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख तामाङले संघियता र संबिधानको हत्यागर्न खोज्नेहरुलाई होसियारी रही सचेत बन्न आग्रह गर्नुभएको छ । दिनदुखी आम नागरिकहरुको मर्मअनुशार निर्माण गरिएको संघियता र संबिधानलाई मास्न खोज्नेहरु पहिचान गरी आफुले पाएको हक अधिकार सुनिष्चितताको लागी डटेर लाग्न सुझाव दिनुभएको छ । 
सिंहदरबारको अधिकार हरेक नागरिकहरुको घरदैलोसम्म आईपुगेकाले भएको र पाएको अधिकारको सदुपयोग नगरेको प्रति चिन्ता व्यक्त गर्दै उपसभामुख तामाङले सबै नगारिकहरुलाई बराबर बनाउने गरी पाएको अधिकारको सदुपयोग गरी आफैमा सबल र सक्षम बन्नतर्फ सबै नागरिकहरुलाई आग्रह समेत गर्नुभएको छ ।