नुवाकोटमा राधिका तामाङको विकास : एकैदिन २ पुलको उद्धघाटन र सिलान्यास (फोटो फिचर)

जगदीश खनाल
जगदीश खनाल

२०७८ पौष १०, शनिबार

राधिका तामाङ, पक्कीपुल, नुवाकोट, शिवपुरी गाउँपालिका

नुवाकोटको पुर्वी भेगमा पक्कीपुल बन्ने कार्यहरु धमाधम भैरहेको छ । शुक्रबार एक कार्यक्रमका बिच शिवपुरी गाउँपालिकाको वडा नम्बर २ मा एउटा पक्कीपुलको उद्धघाटन र अर्को पुलको सिलान्यास गरिएको छ । 
काठमाडौसंग नुवाकोट जोड्ने छोटोदुरीका सडकमार्गका खोलाहरुमा दर्जनौको संख्यामा पक्कीपुलहरुको निर्माण सम्पन्न पश्चात सञ्चालनमा आईसकेका छन् । शुक्रबार बागमती प्रदेशका उपसभामुख राधिका तामाङले सवा २ करोड रुपैँयाको लागतमा निर्माण सम्पन्न भैसकेको ज्यामिरे खोला पुलको उद्धघाटन र  २ करोड ६ लाख रुपैयाँमा निर्माण गर्न लागिएको लप्कालुङ घट्टेखोला पुलको शिलान्यास गर्नुभएको छ । 
कार्यक्रममा उपसभामुख राधिका तामाङले नुवाकोटका दुरदराजका नागरिकहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको क्षेत्रमा पुल निर्माणले सहजता भएकाले सबल र सक्षम बन्नको लागी अभिप्रेरित गर्नुभएको छ । 

राधिका तामाङ, पक्कीपुल, नुवाकोट, शिवपुरी गाउँपालिका


उक्त पुलहरु निर्माणपछि लिखु, छाप, तलाखु, महाकालीलगायत नुवाकोटको पुर्वी भेगका नागरिकहरुले उत्पादन गरेको कृषिजन्य बस्तुहरु बजारसम्म पु¥याउनको लागी सहज भएको छ । नुवाकोटका उक्त भेगहरु कृषिका लागी अब्बल क्षेत्रहरु मानिन्छन । साथै उक्तक्षेत्रमा लालिगुँरास, चुत्रो, खुर्पानी, स्ट्रबेरी प्रशस्त मात्रामा पाईने र उत्पादनको लागी राम्रो क्षेत्र मानिन्छ । 
उपसभामुख राधिका तामाङले उक्त बस्तुहरुको बजारका लागी सहज भएकाले स्थानिय स्थानको उत्पादनलाई सहरबजार सम्म पु¥याई आफ्नो आयआर्जनमा बृद्धि गरी सबल र सक्षम जिवपयापन गर्न नागरिकहरुलाई आग्रह गर्नुभएको छ । 
 

राधिका तामाङ, पक्कीपुल, नुवाकोट, शिवपुरी गाउँपालिका


उपसभामुख राधिका तामाङ र संघिय साँसद हितबहादुर तामाङको पहलमा केन्द्रिय सरकार मातहत परेको गुरुजेभञ्ज्याङ खोलेगाँउहुदै मानेभञ्ज्याङदेखी दुप्चेश्वरसम्म जाने मोटरबाटोको काम तिब्र रुपमा भैरहेको छ । गुरुजेभञ्ज्याङ खोलेगाँउसम्मको मोटरबाटो निर्माण भैरहेको छ भने खोलेगाँउदेखी मानेभञ्ज्याङसम्मको बाटो टेन्डर हुने पक्रियामा रहेको छ । साथै मानेभञ्ज्याङदेखी दुप्चेश्वरसम्मको मोटरबाटोको डिपिआर तयार र्भरहेको उपसभामुख राधिका तामाङले बताउनुभएको छ । 
घट्टेखोला पुलको लागत अनुमान भ्याटसहित २ करोड ९८ लाख २१ हजार  रुपैयाँ रहेकोमा  जलुकेनी–बागेश्वरी जेभी नुवाकोटले ठेक्का सम्झौता भने २ करोड ६ लाख ३ हजार रुपैयाा गरेको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख ओमकुमार शाहले बताउनुभएको छ । 
गत असार २२ गते ठेक्का सम्झौता गरिएको उक्त पुलको २०७९ पुस २१ गतेसम्मा निर्माण सम्पन्न गर्नुपर्ने मिती तोकिएको छ । 
शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापा, माओवादी केन्द्र वाग्मती प्रदेश कमिटी सदस्य एलिसा थापा, एकीकृत समाजवादी नुवाकोटका सचिव पदम उप्रेती, नेकपा माओवादी केन्द्र शिवपुरीका उपाध्यक्ष सुकुराम तामाङलगायत छाप, लिखु, तलाखु, महाकालीका स्थानियहरुको सहभागिता रहेको थियो । 

राधिका तामाङ, पक्कीपुल, नुवाकोट, शिवपुरी गाउँपालिका राधिका तामाङ, पक्कीपुल, नुवाकोट, शिवपुरी गाउँपालिका राधिका तामाङ, पक्कीपुल, नुवाकोट, शिवपुरी गाउँपालिका राधिका तामाङ, पक्कीपुल, नुवाकोट, शिवपुरी गाउँपालिका राधिका तामाङ, पक्कीपुल, नुवाकोट, शिवपुरी गाउँपालिका राधिका तामाङ, पक्कीपुल, नुवाकोट, शिवपुरी गाउँपालिका