राप्रपाको बागमती प्रबक्तामा बिष्णुप्रसाद सापकोटा

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष १२, सोमबार

राप्रपा, प्रबक्ता, बिष्णुप्रसाद सापकोटा

राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेशले नुवाकोटका बिष्णुप्रसाद सापकोटालाई प्रबक्तामा मनोनित गरेको छ । केहि समय अगाडी हेटौडामा भएको प्रदेश अबिधेसनमा सदस्यमा निर्बाचित हुनुभएका सापकोटालाई प्रदेशको बैठकले प्रबक्तामा मनोनित गरेको हो । 
प्रदेश अबिधेसनमा निर्बाचित ३५ सदस्यहरुले पदाधिकारी चयन गर्ने निर्णय अनुशार सापकोटालाई प्रबक्तामा चयन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जानकारी दिएको छ । नुवाकोटका जनताको पक्षमा सदैब अग्रपंतिमा रहेर कार्य गर्दै आउनुभएका सापकोटा २०६४ र २०७० सालमा भएको संबिधान सभा निर्बाचनमा तत्कालीन नुवाकोटको क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार समेत रहनुभएको थियो । हाल उहाँ राष्टिय« उपभोक्ता मञ्च नुवाकोटको अध्यक्ष समेत रहनुभएको छ ।