साँघुको बाह्रौ र जनमुखीकोको तेह्रो बार्षिक साधारण सभा

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष १७, शनिबार

साधारण सभा, सहकारी संस्था, भोजराज पनेरु

विदुर नगरपालिकाको वडा नम्बर १ त्रिशुलीमा रहेको साँघु बहुद्देस्यीय सहकारी संस्था लिमिटेडको बाह्रौ बार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको साधारण सभामा पुःन कुमारमान मलेकुकै अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा अजर अमात्य, सचिवमा नरेश जोशी र कोषाध्यक्षमा रविन्द्रमान श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी, सदस्यहरुमा विजय श्रेष्ठ, लालविर तामाङ, प्रितमराज शाक्य, रमिता ब्रजाचार्य, सरिता जोशी, सिता तामाङ र सुजन ब्रजाचार्य चयन हुनुभएको छ । 
१२ औ साधारण सभाले दिलिप शाक्यको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति चयन गरेको छ । सदस्यहरुमा विना श्रेष्ठ र प्रकाश बोगटी चयन हुनुभएको छ । यसैगरी हरिचन्द्र अमात्यको संयोजकत्वमा तिन सदस्यिय ऋण उपसमिति चयन गरिएको छ । सदस्यहरुमा सुनिल ब्रजाचार्य र राजेशमान श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी सरला प्रधानको संयोजकत्वमा तिन सदस्यिय शिक्षा उपसमिति चयन गरिउको छ । सदस्यहरुमा अन्जलीराज भण्डारी र मेनका श्रेष्ठ चयन हुनुभएको छ । ६१ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले विभिन्न क्षेत्रमा ३ करोड ६ हजार रुपैयाँ कर्जा लगानी गरी ५३ लाख २७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको अध्यक्ष कुमारमान मलेकुले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

साधारण सभा, सहकारी संस्था, भोजराज पनेरु

यसैगरी विदुर नगरपालिकाको वडा नम्बर ४ विदुरमा रहेको जनमुखी बहुद्देस्यीय सहकारी संस्था लिमिटेडले १३ औ बाषिृक साधारणसभा सम्पन्न गरेको छ । १ करोड ३७ लाख रुपैयाँ शेयर रकम रहेको सहकारीले ५ करोड ९१ लख रुपैयाँ ऋण लगानी गरी  १२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको कोषध्यक्ष रामप्रसाद प्याकुरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
७ सय ३० जना शेयर सदस्यहरु रहेको सहकारीको आफ्नै ३ तले पककी भवन रहेको छ भने नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको गाँउखर्क र बेतिनीबाहेक जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीका व्यवस्थापक भोजराज पनेरुले जानकारी दिनुभएको छ ।   
 

साधारण सभा, सहकारी संस्था, भोजराज पनेरु