माओबादी केन्द्र विदुर १२ को विकास बहस 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष १८, आईतबार

माओबादी केन्द्र, विकास बहस,  विकास, बहस 

विदुर नगरपालिकाको वडा नम्बर १२ को समग्र विकासको लागी विदुर १२ विकास बहस सुरु भएको छ । 
नेकपा माओबादी केन्द्र १२ नम्बर वडा कमिटिले आफ्नो गाँउ आफै बनाउ भन्दै बहसको सुरुवात गरुेको हो । वडाको सबै पक्षको समग्र विकासको लागी बिस्तृत अध्ययन र सहयोग संकलन सहितको अबधारणाको लागी बहस कार्यक्रमको आयोजना गरेको हो । 
कार्यक्रममा वहसका बिषयहरु :
१. विदुर १२ सडक बिकास
२.कृषि
३.सिप विकास तथा व्यवस्थापन
४. शिक्षा
५. सूचना सञ्चार? स्वास्थ्य तथा यातायात
६. महिला बिशेष कार्यक्रम
७. प्राकृतिक श्रोत साधनको व्यवस्थापन
८. गरिव, दलित तथा असहायको लागी स्वरोजगार कार्यक्रम
९. उद्योग
१०. पर्यटन
११. खानेपानी
१२. खेलकुद
१३. सहभागिता मुलक लोकतन्त्र र न्याय
स्थानिय यूवा राजेन्द्र खड्काको प्रमुख आतिथ्यतामा सञ्चालन भएको बिकास बहसमा उहाँले स्थानिय तहमा रहेका नागरिकहरु आफै जुटेर अगाडी बढेमा मात्रै सम्बृद्धता हाँसिल गर्न सकिने बताउनुभएको छ । स्थानिय समुदायमा नागरिकहरु जागरुक भएमा अन्य निकायको समेत सहयोग हुने उहाँले बताउनुभएको छ । । १२ नम्बर वडाको समग्र बिकासको खाका तयार पारी बिभिन्न सरकारी तथा गैर सरकारी निकायसँग सहकार्य गर्दे आफ्नो गाँउ आफै बनाउनु पर्नेमा जोड दिनुभएको छ । 
बहसमा कृषि, सिप बिकास तथा ब्यबस्थापन, शिक्षा, सुचना, सञ्चार, स्वास्थ्य तथा यातायात, महिला बिशेष कार्यक्रम, प्राकृतिक श्रोत तथा साधनको परिचालन तथा ब्यबस्थापन, गरिब, दलित तथा असहायको लागी स्वरोजगार कार्यक्रम, पर्यटन, खानेपानी, खेलकुद तथा सहभागीता मुलक लोकतन्त्र र सामाजिक न्यायको बिषयमा बहस सुरु भएको हो । 
सबै पक्षलाई समेट्दै एकिकृत ब्यबस्थापन र दिगो बिकासको अबधारणमा अगाडी बढ्ने लक्ष्य सहित बिकास बहसको सुरु गरेको नेकपा माओबादी केन्द्रका युवानेता नवराज ढुङ्गानाले जानकारी दिनुभएको छ । 
 

माओबादी केन्द्र, विकास बहस,  विकास, बहस 

कार्यक्रमका प्रमुख अथिति राजेन्द्र खड्काले चारघरेमा अबस्थित बिरेन्द्र माध्यामिक बिद्यालयलाई कम्युटर, प्रिन्टर लगायत शैक्षिक सामग्रीहरु हस्तान्तरण समेत गर्नुभएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र विदुर नगरका अध्यक्ष प्रभा बोगटी, नेकपा एमालेका पशुपति कोईराला, नेकपा समाजवादी पार्टीका रामकृष्ण राजभण्डारी, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, माओवादी केन्द्रका बिद्यार्थी नेता विनोद कोईरालालगायतले हरेक क्षेत्रको विकासका निम्ती र नागरिकहरुलाई सुसुचित गराउनको लागी बहस जरुरी रहेको बताउनुभएको छ ।  

माओबादी केन्द्र, विकास बहस,  विकास, बहस  माओबादी केन्द्र, विकास बहस,  विकास, बहस