एमाले नुवाकोट अधिबेसन : कस्ले मार्लान बाजी ??

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष २०, मंगलबार

नेकपा एमाले, नारायण खतिवडा,  बुद्धि प्रधान, बद्री मैनाली

नेकपा एमालेको पुस २३ गते हुने अधिबेसनले यतिबेला नुवाकोटमा सरगर्मी बढ्दो छ । पार्टी फुट पछिको पहिलो अधिबेसन र ठुलो राजनितिक दलको जिल्लास्तरको अधिबेसनका कारण चासोको साथ हेरिएको छ ।  
पार्टी विभाजन अघि दुई समुहमा बिभाजित भएकाहरुबिच प्रतिस्पर्धा हुने पक्कापक्की देखिएको छ । एमाले र माओवादी केन्द्रबिच भएको एकतापछि नेकपा हुँदै विभाजन पछि एमालेनै कायम भएको र एमालेपनि विभाजित भएर माधव नेपाल समुह बाहिरिएपछि हुन लागेको अधिबेसनलाई पार्टी भित्र र अन्य पार्टीकाले पनि चासोका साथ हेरिएको छ । 
बर्तमान अध्यक्ष नारायण खतिवडा लगातार दुईपटक अध्यक्षको जिम्मेवारी सम्हालिसेका कारण अब उम्मेदवार बन्न नपाउने पार्टीको बिधान रहेको छ । तर, बिचमा नेकपा हुँदा पार्टी सचिव भएको, फुटको समयमा माधव नेपाल समुहमा देखिएका कारण लगातारको अध्यक्ष नहुने र अहिलेको अधिबेसनलाई पहिलो अधिबेसन नाम दिईएका कारण उहाँले रुचाउनुभएमा सर्वसम्मत खतिवडानै अध्यक्ष हुनसक्ने सम्भावना रहेको एक नेताले बताउनुभएको छ ।  
तर, उहाँलेनै आफ्नोतर्फबाट अहिलेका सचिव रहनुभएका बुद्धि प्रधानलाई अगाडी सारेपछि अहिलेको उपाध्यक्ष रहनुभएका बद्री मैनालीसंग प्रतिस्पर्धा हुने देखिएको छ । वडाबाट प्रतिनिधि छनोटमा दुई प्यानलबीच आफू अनुकुलको व्यक्तिलाई प्रतिनिधि ल्याउन कसरत भएको छ । 
मैनालीको लागी यसअघि अध्यक्षका प्रत्यासी रहनुभएका हालका केन्द्रिय सदस्य बिन्दा ढुङना, वागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, पुर्व मेयर ठाकुर खतिवडालगायतकाको बलिया नेताहरुको साथ देखिन्छ भने प्रधानको लागी पार्टी तत्कालीन समयमा माधव नेपाल समुहमा नारायण खतिवडाकोमात्र साथ देखिने एक जिल्ला सदस्यले बताउनुभएको छ । 
कानुनी रुपमा नेकपा एमाले भैसकेपछि पनि खतिवडाले एमालेको बिरोध गरेपनि औपचारिक रुपमा पार्टी विभाजन हुनेक्रममा एमालेमै रहनुभएका उहाँको पार्टीमा कमजोर उपस्थिति देखिएका कारण बद्री मैनालीनै अध्यक्ष हुने निश्चित देखिएको कार्यकर्ताहरुले बताएका छन् ।   
पार्टीमा आएको विवाद र विभाजनमा १० बुँदे सहमतिपछि बद्री मैनालीले खतिवडालाईनै अध्यक्ष स्विकार गरेको र विवादको समयमा पनि पार्टी विस्तारमा अनबरत रुपमा लागेका  कारण अबको अध्यक्षमा मैनालीकै दाबेदारी हुने कार्यकर्ताहरुको भनाई रहेको छ । 
तर, विभाजन अगाडीका बिसौँ बर्षहरुमा पार्टीको लागी बुद्धी प्रधानले पु¥याउनुभएको योगदानको पनि कदर गर्नुपर्ने कार्यकर्ताहरुको भनाई रहेको छ । साविकका ६१ गाँउविकास समितिमा पार्टी बिस्तारको लागी पु¥याएको योगदान, प्रत्येक निर्बाचनमा समयमा पार्टीप्रतिको लगाव र नुवाकोट जिल्लामा एमाले पार्टी भनेर चिनाउन गरेको प्रयासहरुलाइृ बिर्सिन नहुने केहि कार्यकर्ताहरुको भनाई रहेको छ । 
दुवै पक्षले आ–आफू निकट व्यक्तिलाई प्रतिनिधि बनाएर ल्याउन प्रयास गरेसगैँ पार्टीमा लामो समय योगदान पु¥याएका तथा प्रतिनिधिको लागी छानिनुपर्ने असल व्यक्तित्वमा भागबण्डाले पछि परेका छन् । नेकपा एमालेको यसअघिको वडा अधिवेशनदेखि पालिका अधिवेशनसम्म सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएपनि जिल्ला अधिवेशनको लागी भने दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको हो । 
कार्यकर्ताले सर्वम्मतको प्रयासलाई जोड दिएपनि नेतृत्वको लागी दुई समूहले दाबी कायमै राखेपछि अध्यक्षको लागी बद्री मैनाली र बुद्धि प्रधानबीच प्यानल नै बनाएर प्रतिस्पर्धा हुने देखिएको छ । दुई पक्षिय रुपमा प्यानलनै बनाएर निर्बाचनमा होमिने देखिएको छ ।